×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने बीमा समितिको निर्णय, चैतभित्र जीवनको ५ अर्ब र निर्जीवनको २.५ अर्ब हुनुपर्ने

PRIME CA

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने बीमा समितिको निर्णय, चैतभित्र जीवनको ५ अर्ब र निर्जीवनको २.५ अर्ब हुनुपर्ने

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी रु साढे दुई अर्ब पु¥याइएको छ । समितिको बिहिबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ ।
ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच बिस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुने गरी चुक्त पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।
चुक्ता पूँजी आगामी वर्ष चैतसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी सो समयावधि भित्रमा पु¥याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ अनुसार हुने गरेर पूँजी कायम गर्नुपर्ने उल्लेख छ । कम्पनीले ३० दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: