×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चले माग्यो सर्वोच्च प्रशासनलाई आइपीओ भर्दा सुलभ गर्ने रिट दरपीठ हुनुको कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सर्वोच्चले माग्यो सर्वोच्च प्रशासनलाई आइपीओ भर्दा सुलभ गर्ने रिट दरपीठ हुनुको कारण

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोच्च अदालतले आइपीओ भर्दा सुलभ गर्ने रिट अस्वीकृत (दरपीठ) गर्नुको कारणसहितको प्रतिवेदन पेस गर्न आदेश दिएको छ । वरिष्ठ सीए एकबहादुर क्षेत्रीले धितोपत्र बोर्डको स्वीकृत लिएर राष्ट्र उत्थान लघुवित्त, बनेपा नगरपालिका वडा नं १३, साँगा, काभ्रेपालान्चोकले सार्वजनिक सेयर जारी गरेपछि अपराध र भ्रष्टचार निर्मूल गर्न र एक तिहाई कर घटाउन नोट खारेज गर्नुपर्ने सो को लागि सबैलाई २९ हजार सेयर दिनुपर्ने र उक्त निष्काशन कानून बिपरित कानूनको मर्म सार्बजनिक सम्पतिको बितरण गरिएको छ भन्दै सर्वोच्चमा रिट दिएका थिए । तर उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरि दिएको थियो ।
उनले नेपाल सरकार, धितो पत्र बोर्ड, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय,नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा राष्ट्र उत्थान लघुवित्त वितीय संस्था लिमिटेडहरुलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सो दरपीठको आदेशविरुद्ध वरिष्ठ सीए क्षेत्रीले दिएको निवेदनमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दरपीठ हुनुको आधार र कारण उल्लेख गरिएको कैफियत प्रतिवेदन पेश गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो । अब सर्वोच्च प्रशासनले सबैले सेयर भर्नेसमेत नपाउने रिट निवेदन दरपीठ गर्नुको आधार र कारणसमेत खुलाएर इजलासमा प्रतिवेदन पेश गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी