काठमाडौँ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको पहलमा विदेशमा बस्ने नेपालीहरुलाई आइपिओमा आरक्षण दिने तयारी भएको छ । विदेशमा बस्ने नेपालीलाई औपचारिक च्यानलबाट पैसा पठाउन प्रोत्साहित गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
यता अर्थ मन्त्रालयको निर्देशनपछि धितोपत्र बोर्डले उक्त विषयको अध्ययन गर्न एक कमिटी गठन गरिएको बताइएको छ । जसमा बोर्डले आफ्नै कार्यवाहक उप कार्यकारी निर्देशक निरन्जय घिमिरेको संयोजकत्वमा ६ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा बोर्डका चार जना सदस्य छन् भने नेपाल राष्ट्र बैंकबाट एक जना र केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)बाट एक सदस्य रहेका छन्।
अब सो कमिटीले बैंक खाता खोल्नको लागि गर्नुपर्ने व्यवस्था, डिम्याट खाता खोल्न गर्नुपर्ने व्यवस्था, विदेशमा बस्ने नेपाली हो होइन भनेर पहिचान गर्ने तरिका र सेयर बाटँफाड गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा अध्ययन गर्नेछ । कमिटीले गरेको अध्ययनको आधारमा बोर्डले विदेशमा बस्ने नेपालीहरुको लागि आइपिओमा आरक्षणको व्यवस्था गर्ने छ ।
विदेशमा बस्ने नेपालीहरूलाई कम्तीमा पनि पाँच प्रतिशत आरक्षण दिनुपर्ने भनाई अर्थ मन्त्रालयको छ । विदेशमा बस्ने नेपालीहरूलाई प्राथमिक सेयरमा आरक्षण गरेपछि विप्रेषण प्रवाह बढ्ने, विदेशी मुद्रा संचितिमासमेत सकारात्मक प्रभाव पर्ने विश्वास सरकारले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्