×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा पहिलो दिननै ४ लाख ३२ हजार ४२१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्म ४ लाख ३२ हजार ४२१ जनाले ५४ लाख ५ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १ दशमलव ८९ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले मंगलबारदेखि २८ लाख ७५ हजार कित्ता आइपिओ बिक्रीमा ल्याएको हो । जसमा ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: