काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार दिउँसो १ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ येलो पेगोडा होटल, जमल काठमाडौंमा गर्ने जनाएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो ।
लघुवित्त आइपीओमा मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीको आइपीओको रिजल्ट सेयर हब, कम्पनीको वेइबसाइट, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
सेयर हबबाट कसरी हेर्ने नतिजा ?
१) नतिजा हेर्नको लागि सेयर हब एप डाउनलोड गर्नुहोस्
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोस् र त्यसपछि ipo result मा जानुहोस्
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनी छान्नुहोस्
५) त्यसपछि तपाइले आफ़्नो नतिजा हेर्न सक्नुहुनेछ।
(नोट: आइपीओ बाँडफाँड बहेको केहिसमय पछि मात्र नतिजा सार्वजनिक हुनेछ)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्