×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडबाट हुने भएको हो ।
कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता आइपीओमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुमा र ४ लाख ८७ हजार ९०० कित्ता आइपीओ अन्य सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।
सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १६ करोड पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी