×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले गर्यो चितवनमा थप ३ वटा शाखा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकले गर्यो चितवनमा थप ३ वटा शाखा विस्तार

१९ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । कामना सेवा विकास बैंक लिमिटेडले चितवनमा थप ३ वटा शाखा विस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नं.०८ पर्सा बजारमा, कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ अमृतचोकमा शाखा विस्तार गरेको हो ।

योसँगै कामना बैंकको शाखा कार्यालय १३२ पुगेको छ । बैंकले नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकका १३२ शाखा, १ विस्तारित काउन्टर, ४ शाखा रहित बैंकिङ सेवा तथा ७७ एटिममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी