×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीको मोतीचोकमा, कति पुग्यो शाखा संख्या ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीको मोतीचोकमा, कति पुग्यो शाखा संख्या ?

Artha Sarokar

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । कामना सेवा विकास बैंक लिमिटेडले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४औं शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चैत्र १३ गतेदेखि कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। धनगढी शाखासँगै १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत बैंकले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी