सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरेको विवरण अनुसार उनि अन्य मन्त्रीहरूमध्ये गरिब देखिएका छन् । मन्त्री विष्टसँग अहिलेसम्म मौज्दात रकम ७५ हजार मात्रै रहेको विवरण उल्लेख छ । जसमा एनआईसी एशिया बैंकमा ३५ हजार र श्रीमती पुर्जा दलार्मी (विष्ट) को नाममा राष्ट्रिय वाणिज्य बैंकमा ५० हजार मौज्दात रहको छ ।
यस्तै सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको छ ।
साथै अर्थमन्त्री बिष्टले विरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा श्रीमतीकै नाममा रहेको उक्त जग्गा पुख्यौली सम्पत्ति र ऋण गरेर खरिद गरेको उल्लेख गरेका छन् । विष्टले वीरेन्द्रनगर नगरपालिका-३ मा कित्ता नं. १८६१ र ०-०-८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । यो जग्गा श्रीमतीको माइतीबाट प्राप्त जग्गा हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्