इलाम । नयाँ वर्ष विसं २०७९ को अवसरमा केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव हुने भएको छ । इलाममा आगामी चैत २५ गतेदेखि वैशाख दुई गतेसम्म सो महोत्सव हुने भएको हो । कोरोनाको महामारी फैलिएपछि सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिले जनाएको छ ।
इलामको ठूलो टुँडिखेलमा आयोजना गर्न लागिएको महोत्सवमा चार जिल्लाका ४२ पालिकाका आआफ्नै ७० स्टल राखिने र चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषीका संस्कृति रहनसहन पनि अवलोकन गर्न पाइने बताइएको छ । खानाका विविध जातिका परिकार, यहाँको कृषि उत्पादन, कृषि पर्यटन पनि महोत्सवका मुख्य आकर्षण हुनेछन् । साथै चलचित्रसम्बन्धी विभिन्न तालिम तथा अन्तक्र्रिया, साहित्यिक कार्यक्रम, रमाइलो मेलालगायतका विषय पनि समेटिने केचना कञ्चनजङ्घा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । उहाँले चार जिल्लाका सबै पालिकाका प्रमुखबीच आआफ्ना पर्यटकीय क्षेत्रका बारेमा छलफल चलाइने जानकारी दिनुभयो।
महोत्सवमा मेची कोरिडोरमा छायाङ्कन गरिएका नेपाली चलचित्र देखाइने र नेपाली चलचित्रका विषयमा पनि छलफल चलाइने बताइएको छ । यी क्षेत्रका चलचित्र छायाङ्कन गर्न सकिने स्थानको फोटो प्रर्दशनी, चलचित्र निर्माण, अभिनयलगायका विषयसमेत महोत्सवमा समावेश गर्ने प्रयास भइरहेको बताइएको छ ।
एक्काइस वटा संस्था आयोजक रहेको महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । मेची कोरिडोरभित्र पर्ने इलाम, पाँचथर, झापा र ताप्लेजुङलाई केन्द्रित गर्दै महोत्सव आयोजना गर्न लागिएको हो । कोरिडोरभित्र पर्ने नेपालकै होचो भूभाग केचनादेखि उच्च स्थान कञ्चनजङ्घा हिमालसम्मका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै यी चार जिल्लाका हरेक पालिकामा भएका पर्यटकीय गन्तव्यलाई एकै ठाउँमा राखेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका महासचिव हेमन्त गौतमले बताउनुभयो । उहाँका अनुसार महोत्सव सम्पन्न गर्न रु ३६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्