×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीले ल्यायो बैंक लिंक गरेमा १०० रुपैयाँ बोनस, अब गर्नुहोस् बिना लोड भुक्तानी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

खल्तीले ल्यायो बैंक लिंक गरेमा १०० रुपैयाँ बोनस, अब गर्नुहोस् बिना लोड भुक्तानी

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा १०० रूपैयाँ बोनस पाउने अफर ल्याएको छ। यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो। खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्।

तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाइसी प्रमाणित गर्नुपर्छ। यो अफर चैत्र ९ गते २०७८ देखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ।प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन्। यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको झन्झटमुक्त भुक्तानी गर्न सक्नेछन्।

अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेः “‘खल्ती’ मा घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ। यहि कारण यो सिविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौं। हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्ण रूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौं।”

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: