Skip to content
LAXMI SUNRISE BANK

खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा, ५० हजारसम्म जिने मौका

अर्थ सरोकार

काठमाडौं । खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ । जस अन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र १५ हजार जित्न सक्ने अवसर दल्तीले ल्याएको छ । खल्ती लेख–स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ वालेट र पकेट खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ। पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ। यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन्।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख–स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ । यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु।”

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK