×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छ्याङदी हाइड्रोपावर लिमिटेडको ५९ लाख ८२७ कित्ता लिलामी सेयरमा आवेदन दिने बुधबार अन्तिम मौका

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले नबिकेको ५९ लाख ८२७ कित्ता सेयर चैत १ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, हनुमान रोड विराटनगर, जनकपुर, आर्दशनगर वीरगञ्ज, हैटौंंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउन र बुझाउन सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: