×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको ९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र भर्नुपर्ने !

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार

PRIME CA

लुम्बिनी विकास बैंकको ९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र भर्नुपर्ने !

काठमाडौं । लुम्बिनी विकास बैंकले ९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक सेयरधनी राजिव भट्टराईको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीले मात्र खरिद गर्न मिल्ने गरी बिक्रीमा  ल्याइएको उक्त सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन भर्नुपर्नेछ ।
तोकिएको समय अवधिमा सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: