×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’ : महुली लघुवित्तको ५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘लास्ट रिमाइन्डर’ : महुली लघुवित्तको ५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने आज चैत ७ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको ५ हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो ।

कम्पनीले फागुन २३ गतेबाट उक्त संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम ६५० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरुसहित अन्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा आज सोमबार चैत ७ गतेभित्र बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: