काठमाडौं । ब्रोकर नम्बर ११ अर्थात मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीले नियम विपरित काम गरिरहेको पाइएपछि कारवाही गरिने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कानून विपरीत लगानीकर्तालाई दुख दिने सो ब्रोकर कम्पनीलाई कारवाही गरिने जनाएको हो । उक्त धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताको अनुमति नलिई सेयर बेच्ने र समयमा पैसा नतिरेको भन्दै १८ प्रतिशतसम्म ब्याज लिने गरेकोलगायतका गुनासो बोर्डमा पुगेपछि बोर्डले यस्तो कदम चालेको हो ।
यसो त बोर्डमा सो कम्पनीबारे १/२ गुनासो मात्रै नआएर थुप्रै गुनासोहरु आउने गरेको धितोपत्र बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकारसँग बताए । लिखित सम्झौता नगरी ब्रोकरले लगानीकर्ताको सेयर बिक्री नपाइने व्यवस्था हुँदा पनि सो ब्रोकरले भने गरिएको व्यवस्थालाई मिचेर लगानीकर्ताको सेयर सुटुक्क बेचेर धितोपत्र ऐनअनुसार विपरित कार्य गरेको पाइएको पछि बोर्डले सजाय दिने उनले बताए ।
यता लगानीकर्ताबाट १८ प्रतिशतसम्म ब्याज लिने विषय साँचो नभएको ब्रोकर कम्पनीका सञ्चालक परमेश्वरभक्त मल्लको दाबी छ । उनले टि प्लस टु अनुसार भुक्तानी नगर्ने लगानीकर्तालाई ब्याजसहित पैसा लिने गरेको बताए । यद्यपि ब्याज लगानीकर्ताले भने अनुसार १८ प्रतिशत नभएर ब्याज १२/१३ प्रतिशत मात्रै लिने गरिएको उनको भनाई छ ।
पछिल्लो समय धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएसंगै पूँजी बजार सुधारका लागि तिब्र रुपमा योजनाहरु बनिरहेका छन् । नियम विपरित काम गर्ने कम्पनीहरुमाथि धमाधम कारवाहीको प्रक्रिया अघि बढेको छ । यसैबीच मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीले सो कार्य गरेको खुलेपछि कारबाहीका लागि सेबोनको सञ्चालक समितिमा लगिएको छ । अब बोर्डले ब्रोकरलाई धितोपत्र ऐन २०६३ को दफा १०१ मा भएको दण्ड सजायमा रहेको उपदफा १ देखि ७ मा रहेको व्यवस्थामा जुन व्यवस्था उलंघन गरेको छ त्यही अनुसार कारबाही गर्नेछ ।
यसो त मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीबाहेक अन्य ब्रोकरका लगानीकर्ता पनि पिडित बनेका छन् । ब्रोकर लगानीकर्ताको काम भन्दा आफ्नो स्वार्थको काम गर्दा अधिकाशं लगानीकर्ता पिडित बनेका छन् । ब्रोकरले समय सेयर ट्रान्सफर नगरिदिने, समय पैसा नदिने, गुनासो नसुनिदिनेलगायतका मनपरी कार्य गरेको पाईन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्