×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिल्लीमा हरेक दिन दुईवटा उडान हुने, साउदी अरेबियाको रियादमा पनि उडान भर्ने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दिल्लीमा हरेक दिन दुईवटा उडान हुने, साउदी अरेबियाको रियादमा पनि उडान भर्ने (भिडियो रिपोर्ट)

Artha Sarokar

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताउनुभएको छ । बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताउनुभएको हो । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिनुभयो । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तिनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तिनवटा उडान भरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो -‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ । दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तिनवटा उडान भर्नेगरी हामी अगाडी बढाउँदै छौँ ।’

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताउनुभयो । पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले खतरायुक्त सामग्रीहरु ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘जहाजहरु अहिले ग्राउन्डेड होइन अधिकतम समय आकाशमा उडाउने कामहरु भएको छ । विगतमा नेपाल एयरलाइन्सका जहाजलाई घाममा सुकाउने अवस्थामा थियो । तर अहिले अधिकांश पहिला ४ देखि ५ घण्टा उडान गर्ने जहाज अहिले करिब १० देखि १३ घण्टा हामीले उडाइ राखेका छौँ । ६३ वर्षको इतिहासमा डेन्जरस् गुड क्यारी गर्ने सर्टिफिकेट नेपाल एयरलाइन्सले प्राप्त गरेको छ । वायु सेवा निगमले विश्वका १४ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससित एसपीए बाट संसारको ३१ वटा प्रसिद्ध शहरहरुमा नेपाल वायु सेवा निगमका टिकटहरुबाट यात्रुहरुको उडान सकिने व्यवस्था मिलाएको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’

मन्त्री आलेले क्यासिनोहरुको रोयल्टी र नविकरण तथा अन्य होटल व्यवसायमार्फत् दस्तुरमार्फत् सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको बताउनुभयो । रोयल्टी रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी