×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ हजार मेघावाट जलविद्युतको विकास गर्ने सरकारको लक्ष्य, दक्षिण एसियाकै लागि पनि नेपालको नविकरणीय ऊर्जा केन्द्र बन्ने (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१५ हजार मेघावाट जलविद्युतको विकास गर्ने सरकारको लक्ष्य, दक्षिण एसियाकै लागि पनि नेपालको नविकरणीय ऊर्जा केन्द्र बन्ने (भिडियो)

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडी बढाएको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडी बढाइरहेको बताउनुभएको हो । नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उहाँले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताउनुभयो । सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी राष्ट्रहरुलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पार्नभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले सन् २०२८ सम्म १५ हजार मेघावाट जलविद्युतको विकास गर्ने लक्ष्य अनुरुप हाम्रो मन्त्रालयले त्यो काम गरिराखेको छ । देशमा उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि तथा व्यवस्थापन विश्वसनीय बनाउन सरकारले आवश्यक कदम पनि अगाडी बढाइराखेको छ । वर्तमान परिस्थितिमा नविकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ । छिमेकी राष्ट्रका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नविकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ । सो को लागि नेपालले जलविद्युत आयोजनाहरुको निर्माण एउटा उत्साहसित काम अगाडी बढाएको छ । हाल नेपालमा विभिन्न आयोजनाहरुको निर्माणमा उल्लेखनिय प्रगति भइरहेतापनि पुरै आयोजनाहरु उत्पादन बढी केन्द्रीत हुने आभाष हुन्छ । हामी जलविद्युत आयोजनाहरुलाई दिगो बनाउने तर्फ उन्मुख हुनु जरुरी छ । गुणस्तरीय जलविद्युत आयोजना बन्नु हाम्रो राष्ट्रका निम्ति पनि आवश्यक छ । नेपाल सरकारले पनि देशमा उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण तयार गरिरहेको र जलविद्युतलाई दिगो विकासका निम्ति प्रयास गरिरहेको कुरा यहाँहरुलाई विदित नै छ । पछिल्ला घटनाक्रमहरु नियाल्दा जलवायु परिवर्तनका कारण उत्पन्न भएको र हुने जोखिमहरु र सो को उचित व्यवस्थापन नेपालका लागि चुनौतीको विषय देखिएको र त्यसको प्रत्यक्ष असर हाम्रा नदिनाला तथा वरपरका बस्तीहरुमा उच्चतम देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपहरुका कारण ठुलो जनधनको क्षति हुन पुगेको र सो बाट जलविद्युत आयोजनाहरुमा समेत निकै असर परेको छ । त्यसैले जलविद्युत आयोजनाहरु गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न विभिन्न प्रकोपका कारणहरुबाट आइपर्ने जोखिमलाई सुरक्षित राख्न आवश्यक कदमहरु अपनाई आयोजनाको दिगो विकास गर्न अत्यन्तै आवश्यक छ । जलविद्युत आयोजनाहरु सुरक्षित नभएमा नेपालको अर्थतन्त्र नै जोखिममा छ ।’

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउनुभयो । देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उहाँले बताउनुभयो । सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उहाँको भनाई छ । उहाँले जल तथा मौसम विज्ञान विभागमार्फत् देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरु थप गरी अझ वैज्ञानिक र विश्वसनीय रुपमा अगाडी बढ्ने पनि बताउनुभयो । हेर्नुहास् भिडियोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: