×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले ६५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिर्मिरे लघुवित्तले ६५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले शनिबार एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी