चितवन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सोमबार शाखा कार्यालय खोलेसिमल र भरतपुरका सदस्यहरू तथा खोलेसिमलका स्थानीयबासीहरु सहित चितवनको खोलेसिमलबाट कालिका नगरपालिकाको कार्यालयसम्म र्याली यात्रा गरेको छ । ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गते देखि १३ गते सम्म वित्तीय साक्षरता मार्गदर्शन,२०७८ कार्यक्रम संचालनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिम संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु तय गरेको हो ।
र्याली पश्चात नगरपालिकाको हलमा जम्माभई वित्तिय साक्षरता सम्बन्धी अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्बन्धी भिडियो प्रदर्शनी समेत गरेको थियो । संस्थामा आवद्ध रहेका लघुवित्त सदस्यहरु तथा संस्थाको बाग्मती प्रदेश प्रमुख तुल्सीराम पाठक, उप प्रमुख रबि मल्लाह, भरतपुर शाखा प्रमुख, पिप्ले शाखा प्रमुख, खोलेसिमल शाखा प्रमुख लगायत कर्मचारीहरूको उपस्थितमा कार्यक्रम भएको हो । संस्थाले १३ गते सम्म अधिराज्यका विभिन्न शाखाहरुमा वित्तीय साक्षरता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी गराए ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अधिराज्यभरी ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्