राप्ती । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत राप्ती गा.पा. दाङ्ग स्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरु सहयोग गरेको छ । विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको बैंकले बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रम बीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपक कुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर ज्येष्ठ नागरिक , अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्