×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नबिल बैंक लिमिटेड, एक्सल डेभलपमेण्ट बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नबिल बैंकको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलब ८९ कित्ता, एक्सल डेभलपमेण्ट बैंकको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलब ४६९७ कित्ता र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलब ५० कित्ता सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: