×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकलाई गाभ्न नबिललाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, ६ महिनाभित्र एकीकृत कारोबार भईसक्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बंगलादेश बैंकलाई गाभ्न नबिललाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, ६ महिनाभित्र एकीकृत कारोबार भईसक्ने !

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि सहमति प्रदान गरेको छ । राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई सो सहमति प्रदान गरेको हो । आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार हुनेछ।
‘राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल र बंगलादेश बैंकलाई एक्विजिसनमा जानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।’ राष्ट्र बैंकका एक उच्च कर्मचारीले अर्थ सरोकारलाई भने । जससँगै अब दुई बैंकलाई एक्विजिसनमा जान बाटो खुलेको छ।
सहमति पाएपछि ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम आउँदो ६ महिनाभित्र एकीकृत कारोबार हुनेछ । गत पुस २९ गते नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी