काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुब थापा नेतृत्वको टोलीले आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेट गरेको छ । विभागका निर्देशक शाक्यसँग बुधबार भएको भेटमा आन्तरिक राजश्वसम्बन्धी नीतिगत विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।
नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिममा विभागले सहयोग गर्दै आएको र नाडाले सातै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोग गरिदिन शाक्यसँग अध्यक्ष थापाले अनुरोध गरे । अध्यक्ष थापाले सवारी साधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिवृद्धि करको विल विजक काटन ढिलाइ हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिनेबारे जानकारी गराउँदै व्यावहारिक कठिनाइको सहजीकरणका लागि आग्रह समेत गरे ।
नाडाका उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरी सो बिलमा एचएसकोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोबाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाइ गरिनु पर्नेमा जोड दिए । छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोबाइल व्यवसायीहरुलाई मूल्य अभिवृद्धिकरमा अनिवार्य दर्ता गर्नु पर्ने विषयलाई कडाइकासाथ लागू गर्ने व्यवस्थाका लागि अनुरोध गर्दे अनलाइन पेमेण्टको व्यवस्थाका लागि समेत आग्रह गरे ।
भेटमा महानिर्देशक शाक्यले प्रणालीमा सुधार गरिने, खुला सीमा राज्य कै समस्या भएको, सवै करदताहरुका लागि एउटै व्यवस्था गरिने भन्दै नाडाले बजेट सुझावमा आवश्यक सवै राय सुझावहरु राखि दिन आग्रह समेत गरे । उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले बिल बिजकहरु यथासक्य छिटो काट्ने व्यवस्थाका लागि आग्रह गरे । भेटमा विभागमा उपमहानिर्देशकहरु गोविन्दप्रसाद सुवेदी र रमेश शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्