काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी भर्ने बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामी भर्ने चैत १७ गते बिहिबार अन्तिम दिन रहेको हो । कम्पनीको उक्त संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो ।
बैंकले चैत १० गतेबाट संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । यस्तै सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयर खरिदका लागि विद्यमान संस्थापकहरुसहित अन्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको अधिकांश शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । हाल चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको कम्पनीको हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्