×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९.५ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा सोमबार बस्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१९.५ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा सोमबार बस्दै

Artha Sarokar

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेशनल हाइड्रोपावर कम्पनीको फागुन ३० गते सोमबार (आज) वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बिहान ११ बजेबाट सुरु हुने भएको छ । उक्त सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पा।िरत गर्ने भएको छ ।

यस्तै सभाले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । नेशनल हाइड्रोपावरले सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । सुनकोशी हाइड्रोपावरलाई नेशनल हाइड्रोपावरले १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको हो । जसअनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेसनलको २५ कित्ता सेयर पाउने भएकोछन् ।

सभाले एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोदन गर्नेछ ।  यता सभामा ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । तर्सथ फगुन १२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएको छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी