×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकले ४ लाख ७७ हजार ५२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने, कहिलेसम्म दिने आवेदन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकले ४ लाख ७७ हजार ५२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने, कहिलेसम्म दिने आवेदन ?

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसीसी बैंकले ४ लाख ७७ हजार ५२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका ७ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७७ हजार ५२६ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको नाममा ५० हजार, जस श्रेष्ठको ५० हजार, बिनु श्रेष्ठको ८५ हजार, लिला बहादुर गुरुङको ८८ हजार ६५४, अच्युत बहादुर हाडा र तनुजा जोशी हाडाको नाममा समान १९ हजार ४३६ कित्ता, एनबि इन्भेष्टमेन्टको नाममा १ लाख ६५ हजार सेयर रहेको छ ।
सो सेयरमा एनसीसीकै संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको बागबजार काठमाडौंमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: