×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५.७९ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेको इन्स्योरेन्स कम्पनीले बोलायो चैत ९ गते वार्षिक साधारणसभा

PRIME CA

१५.७९ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेको इन्स्योरेन्स कम्पनीले बोलायो चैत ९ गते वार्षिक साधारणसभा

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चैत ९ गते बुधबार वार्षिक साधारणसभा हुने भएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा हुने भएको छ ।

सभा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित हुनेछ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरिसकेको छ । तर्सथ फागुन ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: