×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

Artha Sarokar

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

उदयपुर । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले Global Money Week 2022 को अवसरमा चैत १० गते उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित जनता नमुना मा।वि। गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख निर्देशक मीना पाण्डेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथी जनता नमुना मा।वि। का विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ रहेका थिए । उक्त कार्यक्रममा सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसहरुको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोवारका लागि लक्षित समुहलाई अभ्यस्त बनाउन बैंक खाता, बचतको आवश्यकता र यसको फाइदा, कर्जा र कर्जाको सहि सदुपयोग, बीमाको महत्व, विप्रेषण पठाउदा ध्यान दिनुपर्ने कुराहरु, उद्यमशिलताको विकास, सफा नोट नीति, जाली नोट पहिचान गर्ने विधी लगायतका विषय समेटिएको वार्ता प्रस्तुत गरेका थिए

उक्त कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, विभिन्न संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी तथा स्थानिय गरी ८० जनाको सहभागिता रहेको थियो । प्रधान सहायक रमेश निरौलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रधान सहायक सुजन विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी