नवलपरासी । नेपाल बैंकले नवलपरासी बर्दघाट सुस्ता पूर्व स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा २१३औं शाखा संचालनमा ल्याएको छ । अर्थ सचिव एवं नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सचिव मरासिनीले यस क्षेत्रमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना हुनु स्थानिय स्तरमा आर्थिक बिकासको ढोका खुल्नु भएकाले यस शाखाले स्थानिय जनताहरु विच वित्तीय साक्षरता र वित्तीय पहुँचको वृद्धि गर्ने साथै जनताहरुले पनि बैंकबाट आफु अनुकुलको वित्तीय सेवा लिनुपर्ने र यसरी सरकारी बैंक तथा वित्तीय संस्था खुल्नु मध्यविन्दु नगरपालिका बासीलाई अवसर भएको बताए । कार्यक्रमका नगर प्रमुख चन्द्रबहादुर रानाले सरकारी कारोवारका लागि जिल्ला सदरमुकाम कावासोती जानुपर्ने बाध्यता हट्दै यहि नगरपालिका भित्र सरकारी बैंकको रुपमा नेपाल बैंक लिमिटेड स्थापना हुनु नगरबासीका लागि खुशीको कुरा भएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेड पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगी २१३ शाखा विस्तार गरेको छ र आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर आधुनिक बैकिङ्ग सेवा विस्तार गर्ने बताए । साथै मध्यविन्दु नगरपालिका भित्र आर्थिक विकासको सम्भावना भएको हुँदा यस क्षेत्रका बासिन्दाका लागि नेपाल बैकको स्थापना हुनु अवसर भएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्