×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले गर्यो सूचिकृत कम्पनीहरुको वर्गिकरण, वर्ग ‘ए’ मा ३६ कम्पनी (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेले गर्यो सूचिकृत कम्पनीहरुको वर्गिकरण, वर्ग ‘ए’ मा ३६ कम्पनी (सूचीसहित)

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले सूचिकृत कम्पनीहरुलाई ए, बी, जी र जेट गरी चार समूहमा वर्गिकरण गरेको हो । जसमा वर्ग ‘ए’ मा २५ वटा वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स कम्पनी, एक लघुवित्त कम्पनी, तीन हाइड्रोपावर कम्पनी र एउटा उत्पादन तथा प्रशोधन समूह रहेको छ ।
‘बि’ मा दुई फाइनान्स कम्पनी, चार लघुवित्त कम्पनी, दुई हाइड्रोपावर कम्पनी, एक हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी रहेको नेप्से सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै वर्ग ‘जि’ मा सूचिकृत भएको दुई वर्ष पूरा नभएका कम्पनीहरु आठ लघुवित्त, पाँच जीवन बीमा कम्पनी, तीन निर्जीवन बीमा कम्पनी, १४ ओटा हाइड्रोपावर कम्पनी, चन्द्रागिरी हिल्स, लगानी समूहका चार कम्पनी र अन्य समूहको एक नेपाल रि इन्स्योरेन्स कम्पनी परेको छन् ।
वर्ग ‘जेड’ मा एक कमर्सियल बैंक एनआईसी एशिया बैंक, १२ विकास बैंक, १६ फाइनान्स, ४० लघुवित्त कम्पनीहरु र ७ जीवन बीमा कम्पनी, १५ निर्जीवन बीमा कम्पनी, २८ ओटा हाइड्रोपावर कम्पनी, एक सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट, व्यापार समूहको ४ कम्पनी, उत्पादन तथा प्रशोधन समूहको १८ कम्पनी, होटल एण्ड टुरिजम समूहका चार कम्पनी र अन्य समूहको २ कम्पनी परेका छन् ।
साथै नेप्सेले वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्नुको कारणसहित ३५ दिनभित्र दाबीसहित आवेदन दिन आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी