काठमाडौँ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)का दुई वटा वेवसाइट http://www.nepalstock.com/ र https://www.nepalstock.com.np/ संचालनमा छन् । बजार बन्द हुँदा दुबै वेवसाइटमा एउटै डाटा देखाउनुपर्नेमा मंगलबार भने फरक–फरक देखिएको छ । नेप्सेको पुरानो वेवसाइटमा बजार १२. ५४ अंकले बढेको छ भने नयाँ वेवसाइटमा १६.०४ अंकले बजार बढेको देखिएको छ ।
जसबाट आम लगानीकर्ताहरु सहि तथ्यांक हेर्नबाट बन्चित भएका छन् भने कुन तथ्यांकलाई सहि मान्ने मामलामा कन्फ्युजन सिर्जना भएको छ । नयाँ वेवसाइटमा नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० बिन्दुमा पुगेको छ।
२३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी कारोबार प्रभु इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १५ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता पुरानो वेवसाइटमा नेप्से परिसूचक १६.०४ अंकले बढेर २६५०.७० बिन्दुमा पुगेको छ ।
यस विषयमा बुझ्न हामीले नेप्सेको कार्यालयमा सम्पर्क गर्यौं तर फोन लागेन । डाटा फरक फरक देखिने समस्या आज मात्रै पहिलो होइन । यसअघि पनि पटक-पटक यो समस्या आइसकेको छ तर नेप्सेको लापरवाहीले गर्दा आम लगानीकर्ताहरु भने सहि सूचना पाउनबाटै बन्चित हुनुपर्ने आवस्थामा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्