काठमाडौं । नेप्सेमा शुक्रबार नेपाल टेलिकम र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुवै कम्पनीको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज शुक्रबार बुक क्लोज गरेका छन् ।
नेपाल टेलिकमको समायोजनपछिको भाउ १ हजार २२० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । कम्पनीको २०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र २०% नगद गरी कुल ४०% लाभांश वितरण गर्दैछ ।
यता जीवन विकासको समायोजनपछिको भाउ ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसको ७०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यसले गत आर्थिक वर्षको नाफाबाट ७०% बोनस सेयर र कर प्रयोजनका लागि ३.६८% नगद लाभांश वितरण गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्