×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ वाणिज्य बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, कसको कति ?

GLOBAL IME BANK
SHREE KESH

२ वाणिज्य बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, कसको कति ?

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा एनएमबि बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
एनएमबि बैंककाे १२.५० प्रतिशत बोनस बापतको २ कराेड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको छ भने एभरेष्ट बैंककाे ६ प्रतिशत बोनस बापतको ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता सेयर सूचिकृत भएको छ ।
यता गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: