काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारको सुधारमा लाग्न र बजारमा भएको विकृति हटाउन निर्देशन दिएका छन् । बुधबार पूँजीबजारको वर्तमान अवस्थासम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पूँजीबजारको सुधारमा लाग्न र बजारमा भएको विकृति हटाउनुका साथै बजारमा हुने पम्पिङ एन्ड डम्पिङ पनि तत्काल हटाउन धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री शर्माले मोबाइल एप्स विकास गरी ओटीसी कारोबार गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन् । साथै इन्ट्रा-डे कारोबार, सट सेलिङ, ब्रोकरको क्षमता विकास, सेटलमेन्ट ग्यारेन्टी, फन्डको विकास तथा भविष्यको मूल्यांकन गरी बिक्री गर्न सक्ने डेरिभेटिभ्स नरहेको बताउँदै उनले मार्केट क्याप बनाएर लार्ज क्याप, मिडियम क्यापको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै बुक बिल्डिङलाई कार्यान्वयनमा ल्याउन, ब्रोक्रर मार्जिन ल्यान्डिङ प्रक्रिया र टीएमएसलाई अन्य सेवाहरू थप गर्नसमेत निर्देशन दिएका छन् । पछिल्लो समय सेयर बजारमासमेत राजनीतिकरण भइरहेको बताउँदै उनले त्यस्तो कार्यलाई सेयर बजारमा नगर्न पनि आग्रह गरेको छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्