×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको बजार विश्लेषण : नेप्से परिसूचक ११४.०४ अंकले घट्दा लगानीकर्ताहरुको सम्पत्ति पनि १ खर्ब ६२ अर्ब २ करोडले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साताको बजार विश्लेषण : नेप्से परिसूचक ११४.०४ अंकले घट्दा लगानीकर्ताहरुको सम्पत्ति पनि १ खर्ब ६२ अर्ब २ करोडले घट्यो

Artha Sarokar

२० फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबार कारोबारसम्मको कारोबारमा ११४.०४ अंकले गिरावट आएर २ हजार ५४७.०४ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचके ७.७३ अंक घटेको थियो । आइतवार सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको थियो । उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २६१०.६० विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार महाशिव रात्री पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो ।
बुधवार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार परेकाले सरकारले सार्वजनिक विदा दिएकाले नेप्से कोरोबार पनि बन्द रहेको छ ।
बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी