×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार नेप्से बन्द !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मंगलबार नेप्से बन्द !

२४ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार सेयर बजार बन्द हुने भएको छ । सरकारले मंगलबार (फागुन २४ गते)अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदा दिएसंगै सेयर बजार बन्द रहेको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक १.५५ अंकले बढेर २५४४.९४ विन्दुमा रोकिएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: