काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले संस्थाको पहिलो सेयर कारोबारका लागि ओपन रेन्ज न्यूनतम २६०।८४ रुपैयाँ देखि अधिकतम ७८२।५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको हो ।
संस्थाको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुने भएको छ । नेप्सेमा संस्थाको सेयर कारोबार सेयर एनइएसडीओ (NESDO) संकेतमा कारोबार खुला भएको । कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्जमा चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर सूचीकरण गराएको हो ।
लघुवित्तले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो । कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्