काठमाडौँ । नेपाल फाइनान्स कम्पनीले साधारणसभाका लागि भाेलि बिहिबार बुक क्लाेज गर्ने भएकाे छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै सभा प्रयाेजनका लागि भोलि एक दिन बुक क्लाेज गर्ने जनाएको हाे । तसर्थ आज बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीकाे चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २९औँ वार्षिक साधारणसभा वैशाख ३ गते, शनिबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछन् ।
कम्पनीले यस आर्थिक वर्षका लागि कुनै प्रकारकाे लाभांश घाेषणा गरेकाे छैन । जस कारण फाइनान्सका सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्