×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको २९औं वार्षिक साधारणसभा वैशाख ३ गते, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल फाइनान्सको २९औं वार्षिक साधारणसभा वैशाख ३ गते, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल फाइनान्सको २९औं वार्षिक साधारणसभा वैशाख ३ गते हुने भएको छ । कम्पनीको सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ ।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभाको लागि कम्पनीले चैत १७ गते बुक क्लोज गर्दैछ । चैत १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी