काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यस्थापक रहेको एनआईबिएल समृद्धि फण्ड(१ ले ईकाइधनीहरुलाई चैत १३ गते रकम फिर्ता गरेको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत संचालित एनआईबिएल समृद्धि फण्ड(१ गत पुस २२ गते परिपक्व भएको थियो ।
म्युचुअल फण्डको अन्तिम कायम प्रति इकाई सम्पत्ति मूल्य १२.७४ कायम भएको छ । कानून बमोजिम कर कट्टीपछि प्राप्त हुने रकम सम्बन्धित ईकाइधनीहरुको बैंक खातामा जम्मा गरेको एनआईबिएल एस क्यापिटले जानकारी दिएको छ। सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका थिए ।
आर्थिक वर्ष २०७२-७३, २०७३-७४, २०७४-७५, २०७५-७६ र २०७६-७७ मा भने क्रमशः १५प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६.५ प्रतिशत र १२५ नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्