×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशियाका कर्मचारी र ग्राहकबीच कुटाकुट, कर्मचारीलाई जुत्तै जुत्ताले हानेर लखेटियो (भिडियो)

सुनसरी । ग्राहकसँग किस्ताको विषयमा भनाभन हुँदा एनआइसी एशिया लघुबित्त बित्तीय संस्था लिमिटेडका कर्मचारीले महिलामाथि हातपात गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । सुनसरीको दुहबीस्थित एक पसलमा किस्ता उठाउन आएका एनआइसी एशियाका कर्मचारीले महिलामाथि हातपात गरेको, ग्राहकलाई कुटेर घाइते बनाएको, ग्राहकमाथि अश्लील गाली गरेको लगायतका विषयमा प्रहरीमा उजुरी परेको हो ।
भएको के हो ?
एनआईसी एशियाका कर्मचारी ग्राहकको पसलमा प्रवेश गरी किस्ताका विषयमा कुराकानी गर्दैगर्दा स्थिति असहज भएको हो । ग्राहकको पसलमा रहेको सिसिटिभीमा क्याप्चर भएको सिसिटिभी फुटेज हेर्दा एनआईसी एशियाका कर्मचारी र ग्राहकबीच हानाहान भएको देखिन्छ । एनआईसी एशियाका कर्मचारीले विना अनुमति ग्राहकको भिडियो खिच्न थालेपछी स्थिति असहज भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । पछि बैंकका कर्मचारीले ग्राहकलाई भकाभक कुटेको देखिन्छ भने त्यसपछी ग्राहकले कर्मचारीलाई जुत्तैजुत्ताले हानेको देखिन्छ । समयमा किस्ता तरिरेको भन्दै एनआइसी एशियाका कर्मचारीले अश्लील शब्दमा गालीसमेत गरेको पीडीतको आरोप छ ।
पसलका संचालकले लिएको ऋणको किस्ता उठाउने भन्दै एनआईसी एशिया ३ जना कर्मचारी सो पसलमा गएको उक्त भिडियोमा स्पष्ट देखिएको छ । सुरुमा सामान्य कुराकानी गरेको देखिएपनि पछि भने एक्कासी कुटाकुटको माहोल सिर्जना भएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने एनआइसी एशियाका कर्मचारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडि बढाइने प्रहरीको भनाई छ । ग्राहकले पहिला आफुमाथी कुटपिट गरेकाले आफुले पनि प्रतिकारमा ग्राहक कुटेको एनआईसीका कर्मचारीले स्वीकार गरेका छन् भने किस्ताको विषयलाई लिएर एनआईसीका कर्मचारीले महिलामाथि हातपात गरेको उजुरीकर्ताको आरोप छ ।
यता एनआइसी एशियाले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानिरहेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: