×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकद्वारा चैत २० गते वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआइसी एसिया बैंकद्वारा चैत २० गते वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु

Artha Sarokar

२७ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो । नेपाल राष्ट्र बैंकले लाभांश दिने बैंकको निर्णयलाई अस्वीकृत गरेपछि लाभांश प्रस्ताव बिनानै बैंकले साधारणसभा बोलाएको हो ।
राष्ट्र बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो । यस्तै एनआइसीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव पेस गर्नेछ भने संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
साथै संस्थापक र सर्वसाधारण सेयरधनीको समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।  सभाका लागि बैंकले चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले चैत ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी