×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारसम्म कायम सेयरधनीले एनआईसी एशिया बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउने

PRIME CA

मंगलबारसम्म कायम सेयरधनीले एनआईसी एशिया बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउने

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारणसभामा मंगलबारसम्म कायम सेयरधनीले भाग लिन पाउने भएका छन् । कम्पनीले सभाको लागि चैत ८ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश विनानै सभा डाकेको हो । जस अनुसार कम्पनीका सेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन् ।
कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकसँग स्वीकृती मागेको थियो । तर कम्पनीले उच्च कर्जा विस्तार गरेका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि कम्पनीको लाभांश रद्द भएको छ ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले सभा चैत २० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बोलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: