काठमाडौँ । सेयर बजारका बादशाह निर्मल प्रधानले सेयर बजारमा चाहिने मुख्य कुरा नै धैर्यता रहेको बताएका छन्। ५०० करोड सेयर बजारबाट गुमाउँदाको आफ्नो अनुभव सुनाउँदै प्रधानले आफुले राखेको धैर्यताकै कारण आफु आजको स्थितिसम्म आइपुगेकोसमेत बताएका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघले काठमाडौँमा आयोजना गरेको बनभोज कार्यक्रममा उपस्थित लगानीकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार र समग्र वातावरण सेयर बजारमैत्री नभएको स्मरण गर्दै सबै लगानीकर्ताहरुलाई धैर्यता राख्न आग्रह गरेका छन् ।
अहिलेको मूल्यमा सेयर बेच्न नहुने बताउँदै उनले घट्नु – बढ्नु सेयर बजारको सुन्दरता नै भएकाले नआत्तिई नियामक निकायहरुलाई सेयर बजारका पक्षमा काम गर्न दबाब दिनुपर्ने बताएका छन् । आफ्ना संस्मरणहरु सुनाउँदै उनले अहिलेको समय राष्ट्र बैंकको पेलानका कारण अहिलेपनि ठुला लगानेकर्ताहरु सेयर किन्न सक्ने अवस्थामा नरहेकोसमेत खुलासा गरेका छन् । नियामक नेपाल राष्ट्र बैंकले ४-१२ को सेयर कर्जा नीति ल्याएपछि ठुला लगानीकर्ताहरुले सेयर किन्न नपाएको र यहि कारण बजार बढ्न नसकेको बताउँदै उनले नेपाल राष्ट्र बैंकले पनि सेयर बजारको समृद्धिका लागि भएपनि ४-१२ को नीतिलाई खारेज गर्नुपर्नेमा जोड दिएका छन् । सेयर लगानीकर्ताहरुको गाँस, बास र कपास खोस्ने काम नेपाल राष्ट्र बैंकले गरेको आरोप लगाउँदै उनले नेपाल राष्ट्र बैंकले बनाउने नीतिमा परिमार्जन आवश्यक रहेकोमा उनले थप जोड दिएका हुन् ।
उनले सेयर बजारबाट धनी बन्न ऋण नै लिएर लगानी गर्नुपर्नेसमेत बताएका छन् । आफ्नो पैसाले घरजोहो मात्र हुने भएकाले छिटो धनी हुन ऋणनै लिएर लगानीगर्नुपर्नेमा उनको जोड थियो । यद्यपी लगानी गर्दा राम्रा कम्पनीमा मात्र लगानी गर्नुपर्ने उनको भनाई छ ।
झन्डै ८० जना लगानीकर्ताको सहभागीता रहेको सो कार्यक्रममा सेयर बजारका बादशाह निर्मल प्रधान, अनुभवी लगानीकर्ता सुबास चन्द्र भट्टराई लगायत देशैभरका विभिन्न लगानेकर्ताहरुको सहभागीता थियो । नेपाल पूँजीबजार लगानीकर्ता संघ नेपालमा रहेका लगानीकर्ता संघहरुमध्ये सबैभन्दा ठुलो संजाल भएको र सबैभन्दा बढी ‘एक्टीभ’ संस्था हो ।
हेर्नुहोस् भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्