गैंडाकोट । एनएमबि बैंकको गैंडाकोट शाखाले आफना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शनचोकमा “बित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको छ । कञ्चन आमा समुहको आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारी प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए ।
आमा समुहको तर्फवाट निबर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले, आउँदा दिनहरुमा पनि यस्ता बित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समुहलाई अझ शसक्त बनाइदिनेछ भन्ने बिश्वास राख्दै आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । बैंकले सर्बसाधारणलाई बैंकिङ तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्