×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार नर्भिक अस्पतालमा दुई टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शनिबार नर्भिक अस्पतालमा दुई टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आउने शनिवार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ । अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी आउने शनिवार अर्थात चैत १९ गते ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो ।

दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो दिन दुईवटा टिमले निःशुल्क सेवा दिनेछ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । यसैबीच, शनिवार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी