×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

GLOBAL IME BANK
SHREE KESH

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोर्खाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
निगमको सो पदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पधाबाटै बाहिरिएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ ।
भट्ट उद्योग वाणज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् भने सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी सहसचिवबाटै सेवा निवृत्त भएका थिए । थानी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: