×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत १६ गतेदेखि प्राइम कमर्सियल बैंकले २ अर्ब २५ करोड रुपैयाँको २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने, ब्याजदर कति ?

PRIME CA

चैत १६ गतेदेखि प्राइम कमर्सियल बैंकले २ अर्ब २५ करोड रुपैयाँको २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने, ब्याजदर कति ?

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्राइम कमर्सियल बैंकले चैत १६ गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले ‘१०% प्राइम डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।
१० लाख इकाई ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बैंकले बाँकी १५ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । लगानीकर्ताले यसमा प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यो डिबेन्चरमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । बैंकको ऋणपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ३० गतेसम्म खुला रहनेछ ।
यस्तै यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: