काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढ्ने भएको हो ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाउने गर्दछ । सोही आधारमा आयल निगमले मूल्य समायोजन गर्ने गरेको थियो । तर, यस पटक उपभोक्ता मूल्य नबढाइएको निगमले जनाएको छ ।
डिजेल र पेट्रोलमा ३ रुपैयाँ, मट्टितेलमा १० रुपैयाँ र खान पकाउने एलपी ग्यासमा ९९ रुपैयाँ मूल्य बढेर आएको निगमले जनाएको छ । तर, लगातार मूल्य बढाउँदै आएको आयल निगमले अहिले भने मूल्य बढाएको छैन । मूल्य समायोजन नगर्दा आगामी १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा पुग्ने जनाएको छ ।